इटहरी । रोटरी क्लब अफ इटहरीको २३औं तथा रोट्याक्ट क्लव अफ इटहरीको १२औं पदस्थापना संयुक्त रुपमा सम्पन्न भएको छ ।
इटहरीको दुर्गा पाटी प्यालेसमा एक कार्यक्रमका विच   भएको हो ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका गर्भनर किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ इटहरीका वर्ष २०१८÷०१९का अध्यक्ष सन्दिप गौतमले वर्ष २०१९÷०२०की अध्यक्ष अनिता अधिकारीलाई रोटरी चेन हस्तान्तरण गरि कार्यभार सुपेका थिए । त्यसै गरी रोट्याक्ट क्लव अफ इटहरीका वर्ष २०१८÷०१९का अध्यक्ष सन्तोष धमलाले वर्ष २०१९÷०२०का अध्यक्ष एलिस खनाललाई रोट्याक्ट चेन हस्तान्तरण गरि कार्यभार सुम्पेका थिए । कार्यक्रममा रोटरी क्लव अफ इटहरीकी वर्ष २०१९÷०२०की अध्यक्ष अनिता अधिकारीले इटहरी अस्पतालमा डाइलासिस सेन्टर स्थापना गर्ने , जनता उच्च माध्यमिक विद्यालय सिगीयामा महिला शौचालय निर्माण गर्ने लगायतका विभिन्न सामाजिक कार्य गर्ने जानकारी गराइन । त्यसै गरी कार्यक्रममा हरेक वर्ष प्रदान गरिने भोकेशनल अवार्ड गंगाजमुना मुक्तिघाट निर्माणका अभियन्ता तथा बृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेमप्रसाद घिमीरेलाई सम्मान गरियो भने सारेगमपा लिटिल च्याम्पसमा तेस्रो बन्न सफल इटहरीका प्रितम आचार्यलाई नगद ३० हजार सहित सम्मान गरिएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई पिन तथा प्रमाण पत्र प्रमुख अतिथी श्रेष्ठले प्रदान गरे ।

तपाईको प्रतिक्रिया