ईटहरी । युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शो प्रति अभिभावकको नराम्रो दृस्टिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा ’नेपाल टुरर्स पुर्वान्चल फेसन शो को फाईनल सम्पन्न भएको छ । मोरंगको गोकर्ण रिसोर्टमा भएको शोको लागी गएको १० दिनदेखी ३० जना नया तथा पुराना फेसन मोडलहरुलाई प्रशिक्षण दिइएको थियो । यस्तै शोको बुटिक पार्टनर ईटहरीको डि डिजाईनर बुटिकका मनिषा पोख्रेलले डिजाईन गरेको ड्रेस सहित काठमाडौबाट तयार भएर आएको ड्रेसहरुमा मोडलले र्याम्प गरेका थिए । साझ ७ बजेबाट सुरु भएको शो राती ११ बजे सम्पन्न भएको थियो । शोको स्थानिय आयोजक तथा मेकअप पार्टनरको रुपमा मार्टिना मेकअप स्टुडियो रहेको थियो भने सम्पुर्ण मोडलहरुलाई उर्बि श्रेष्ठ लगायतका मेकअप आर्टिष्टहरुले मेकअप गरेका थिए ।
विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो । ईटहरीमा आफुहरुले गरेको यो शो स्थानिय टिमको सक्रियतामा भब्य र सभ्य रुपमा सम्पन्न भएको क्रीयसनका म्यानेजिङ डाईरेक्टर रबि लामा तामाङले जानकारी गराए ।
ईटहरीको शो सम्पन्न गरे लगत्तै अब चितवनमा कार्यक्रम आयोजनाको गृहकार्य पनि सुरु भएको क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले बताए । असार २७ गते शुक्रबार सम्पन्न शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भैरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनरको उपस्थिति रहेको थियो । उक्त शोको डिथ्री अनलाईन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनरको रुपमा रहेको थियो ।

तपाईको प्रतिक्रिया