ईटहरि/ पुर्वाञ्चल अर्थात प्रदेश १ को मुख्य केन्द्र बिन्दुको रुपमा रहेको ईटहरि पछिल्लो समय फेशनेवल सहरको रुपमा पनि बिस्तारै बिकसित हुदै छ । ईटहरिको बढ्दो सुबिधा र स्वछ सहरिकरणले धेरैको नजर ईटहरिमा लाग्ने गरेको छ । युवापुस्ताको रंग दुनियाको लगाव र चासोका कारण ईटहरीमा पछिल्लो समय ब्युटी कन्टेस्ट र फेशन शो गर्नेहरुको लहर बाक्लिदो छ ।

यहाका स्थानिय ईभेण्ट कम्पनीले मात्र हैन ईटहरि भन्दा बाहिरका ईभेण्ट अर्गनाईजरहरुले समेत यहा आएर ब्युटी कन्टेस्ट र फेशन शो गर्ने गरेको पाईन्छ ।यसै कुरालाई पछ्याउदै फेरी काठमाण्डौमा विभिन्न ईभेण्ट, ब्युटी कन्टेस्ट तथा फेसन शोहरु आयोजना गर्दै आईरहेको युथ क्रियसन नेपालले ‘पुर्वाञ्चल फेशन शो एण्ड म्युजिकल कन्सर्ट’ को आयोजना गर्ने भएको छ । आयोजकको अनुसार हालसम्म राष्ट्रिय कलाकार संगै ईभेण्ट गरिने ठाउ र मिति फाईनल गरेर अन्य कार्यमा जुटेको जनाएको छ । कम्पनीका मेनेजिङ्ग डिरेक्टर रबि तामाङ्गले फेशन शो संगै म्युजिकल कन्सर्ट पनि रहने भएको कारण कार्यक्रमका लागि लोकप्रिय कलाकार कमल खत्रीलाई फाईनल गरिएको जनाएको छ ।

यस्तै मोरङ्गमा अवस्थित गोकर्ण रिसोर्टमा फाईनल ईभेण्टको कार्य हुने छ । यहि असार २० गते गरिने फाईनल शोको दिन दिउसोको समयमा डिजे डान्स पार्टिको पनि आयोजना गरिने तामाङ्गले बताए । साझबाट फेशन शो संगै म्युजिकल कन्सर्ट सुरु हुनेछ । यतिबेला भने फाईनल कार्यक्रममा र्याम्प शो गर्ने महिला तथा पुरुष मोडलहरुको खोजि संगै अडिसनको तयारि भैरहेको छ । शोमा र्याम्प गर्न ईच्छुक १६ देखि २८ वर्ष उमेरका जो कोहि अविवाहित महिला तथा पुरुषले सहभागी हुन पाउने छ । सहभागिताको लागि फर्म चार्ज जम्मा १ हजार लाग्ने र त्यसपश्चात अन्य कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । फारम भरेका हरु मध्ये अडिसन मार्फत छनौट गरि फाईनल शोको लागि ७ दिने ट्रेनिङ्ग गराईने छ । सहभागिताको लागि ९८१०३०३३४६, ९८२४३९३३०४, ९८२५३२४१०६ र ९८१०३०३३६७ नम्बरमा सिधा सम्पर्क गरि बुझ्न सकिने छ ।

तपाईको प्रतिक्रिया