इटहरी/ सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीले सुबिसु भंएकर अफर अन्तर्गत रहेर गरेको लक्कि ड्र को फाइनल नतिजा आज सार्वजनिक गरेको छ । उक्त लक्की ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ति शाहले ४० ईन्चको स्मार्ट टिभी जितेका छन ।

कम्पनीले १४ औं हफ्तासम्म गरेको लक्कि ड्र मा आफ्ना सक्रिय ग्रहाकहरु मध्ये १४० जना भाग्यशाली ग्रहाकहरुले क्लियर टि. भि तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क subscription  प्राप्त गरेका छन । १५ औं तथा अन्तिम हफ्तामा बम्पर प्राइजको लागि गरिएको लक्कि ड्र अन्तर्गत हेमन्ति शाहले ४०’’ ईन्चको स्मार्ट टिभी हात पारेका हुन ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (Digital Cable Television) (MPEG4 Standard Definition) (High Definition channels)  Conditional Access System(CAS) जस्ता मनोरञ्जनात्मक सेवातथाबिजनेस सोलुसन नेपालमाप्रदानगर्दै आएको छ ।

तपाईको प्रतिक्रिया