धरान,धरान लगाएत पुर्वमा केहिसाता यता डेङ्गुरोग देखा परेको र हाल यो अवस्थाले बिकराल रुपनलिनै यस्को नियन्त्रणमा लिन धरान उपमहानगरपालिका लागिपरेको छ ।

हाल धरान १५ र ८ मा उच्च जोखिम सहित धरानउपमहानगर भरी यो तीव्रताका साथ फैलिरहेको र हाल महामारीकोरुपमा रहेकोले नियन्त्रणमा लिन हर सम्भव धरान उपमहानगर पालिका,नेपाल रेडक्रस सोसाइटी ,बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठान लगाएत सामाजिक सङ्ग सस्था उच्च सतर्कताका साथ डेङ्गु नियन्त्रणमा लागेका छन् ।

हिजो बाट घरदैलो सचेतना अभियान तथा लार्भा पहिचान र नष्ट गर्ने कार्यलाई तीव्रताका साथ लागिरहेको छ भने यश अलावा फोगिङ्ग गर्ने कार्य समेत निरन्तर गरिएको छ ।

हालसम्म धरानमा ४९० बढीमा डेङ्गु भएको र यो अवस्था अझ बड्न नदिन हर सम्भव प्रयास गरिरहेकाले आउने हप्ता दिन भित्र पुर्ण नियन्त्रणमा राख्न संबेदनसिल भएर नगरपालिका र संघसस्था लागिरहेको धरान १३ वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया