इटहरी, सहकारी व्यवस्थापन, नेतृत्व विकास प्रशिक्षण तथा अध्ययन भ्रमणका लागि अमेरिकामा अनुभव बटुलेका इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष तथा तरहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीका शेयर सदस्य मणीराम श्रेष्ठले आज संस्थाले आयोजना गरेको सहकारी अध्ययन भ्रमण अनुभव आदानप्रदान कार्यक्रममा आफ्नो अनुभव संस्थाका शेयर सदस्य तथा सर्वसाधारणलाई सुनाए ।

श्रेष्ठका अनुसार, सहकारीले हरेक क्षेत्रमा सहकार्य गरेर सरकारी कानुन तथा निति अनुसार विभिन्न अवधारणाहरुमा काम गर्न सक्छ ।

कार्य समिति सदस्य तथा शिक्षा उपसमिति एवं आजको कार्यक्रमका संयोजक नवीन गुरूङले तरहरा वचत तथा ऋण सहकारी संस्था आर्थिक शक्ति निमार्णका लागि स्थापना भएको र सोही लक्ष्य अनुरुप हिडेको बताए ।

संस्थाका अध्यक्ष नगेशचन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार दिनेशचन्द्र गिरी, हाँसपोसा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र गिरी तथा तारेकेश्वोर शिवालय मन्दिरका अध्यक्ष शारदा कट्वालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा चर्चित गायक रोशन बान्तवा राईले साँगीतिक प्रस्तुती दिएका थिए ।

लक्की ड्र मार्फत संस्थाका शेयर सदस्य शान्ति आङदेम्बेले नगद दुई हजार रुपैयाँ पाईन् ।

कार्यक्रममा नयाँ शेयर सदस्यहरुलाई खदा ओढाएर स्वागत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया