नडाहा/ दिपक पुरी , नडाहा, ३२जेठ । गत उप बिजेता बराहक्षेत्र फुटबल क्लब ११ चतरा सुनसरीको बराहक्षेत्र –३ नडाहामा सुरु भएको दोस्रो बराहक्षेत्र मेयर कप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरको छ । सनिवार भएको पहिलो उदघाट्न खेलमा बराहक्षेत्र ११ र बेलबारी फुटबल क्लब मोरङ बीच भएको खेलमा ०को विरुद्ध १गोल गरि बेलबारी फुटबल क्लब लाई पराजित गर्दै बराहक्षेत्र ११ चतरा आफ्नो स्थान सुरक्षित गरेको हो । एभरेष्ट फुटबल क्लबको खेल मैदानमा भएको अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा बेलबारी फुटबल क्लब जर्सी नम्बर १८ राज कुमार राईले गोल गर्ने मौका घुमाएका थिए । बराहक्षेत्र ११ का खेलाडी जर्सी नम्बर १० समीर लिम्बूले दिएको पास लाई जर्सी नम्बर ११आकाश राईले सदुपयोग गर्न चुकेका थिए । पहिलो हाप सम्म बराबरी रहित भएको खेलमा । बेलबारि खेलाडीले गोल गर्ने धेरै अवसर पाए पनि बराहक्षेत्र ११ चतरा गोलरक्षक बिनय श्रेष्ठ बादक बन्दा बेलबारिका खेलाडीका केहि प्रहार हरु गोल हुने कुनै अवसर दिएन। त्यस बिपरित बराहक्षेत्र ११ चतराले गोल गर्ने थुप्रै अवसर गुमाएका थियो। खेलको नतिजा टाइब्रेकरमा लैजाने अन्तिम केहि सेकेन्ड बाकी रहन्दा गरेको सुन्दर प्रहार जाली चुमेपछी खेलले अर्को मोड लिएको थियो । बराहक्षेत्र ११ चतरा का जर्सी नम्बर १० समीर लिम्बूले राम्रो पर्दाश गरे अन्तिम समयमा १ गोल गरेर म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद रु .२५ सय सहित ट्रफि प्रदान गरे ।इतबार हुने खेल ए पि फ झापा र शान्तिनगर फुटबल क्लब इटहरी बीच आमने सामने हुनेछन् । प्रतियोगिताका बिजेताले रु. १ लाख २५ हजार र उपविजेताले रु. ७५ हजार साथै ट्रफी तथा मेड्ल प्रमाणपत्र प्राप्त गर्नेछ ।  एभरेष्ट फुटबल क्लबका अध्यक्ष मधुसुधन भट्टराईको सभापति रहेको प्रतियोगितामा बराहक्षेत्र नगर प्रमुख निलम खनाललेनै उदघाट्न गर्नु भएको थियो । 

तपाईको प्रतिक्रिया