सुन्दरहरैचा, मोरङकाे सुन्दरहरैंचा स्थित विराट साहित्य समाजकाे आयाेजनामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियाेगिता तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

विराट साहित्य समाजकाे आयाेजनामा सलकपुरकाे भुल्के सिमसारमा कार्यक्रम भएको थियाे । मा. वि.स्तरीय वक्तृत्वकला प्रतियाेगितामा नगर भरीका ११ वटा विद्यालय मार्फत २० जाना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियाेगितामा स्थानीय सुविजीमुर मा. वि. का अाेलसन कार्की प्रथम , साेही विद्यालयका स्मारिका वस्नेत दाेस्रो , साजीलाल मा. वि. का अन्जली चाैधरी तेस्रो तथा दराईजिङ मा.वि.का सितास्मा पराजुली सान्त्वना भएका छन ।

प्रतियाेगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अघि बढ्नकाे लागि हाैसला स्वरुप नगद पुरस्कारका साथमा प्रमाणपत्र वितरण गरिएको अायाेजक विराट साहित्य समाजका अध्यक्ष उमानाथ भट्टराईले बताए । उनले वक्तृत्वकला कार्यक्रमकाे निर्णायकमा साहित्यकार तिला लेकाली , फुलमाया प्रसाई तथा केशव भट्टराई रहेको जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी कृष्णबहादुर भट्टराई , विशिष्ट अतिथि वडाध्यक्ष खेमप्रसाद न्याैपाने अतिथि चाेलाराज पाेखरेल लगायतले साहित्य र समसामयिक विषयवस्तुको वारेमा बाेलेका थिए ।

विगत केही वर्ष देखि स्थापना भएको विराट साहित्य समाजले नगरमा विभिन्न साहित्यिक कार्यक्रमकाे अायाेजाना गरि अाफ्ना विविध गतिविधि प्रस्तुत गरेर साहित्य र कलाकाे क्षेत्रमा याेगदान पु- याउदै यसकाे संरक्षण गर्ने कार्य गरेकाे छ ।

तपाईको प्रतिक्रिया