सुडानमा जारी आन्दोलनमा सैनिकले गोली चलाउदा मृतकको संख्या ६० पुगेको छ। खार्तुममा प्रदर्शनकारीलाई तितर वितर पार्न सैनिकले गोली चलाएको जानकारी दिएको छ ।
अन्तरिम सैन्य सरकारलाई बर्खास्त गरेर नागरिक प्रतिनिधिलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राख्दै प्रदर्शन भइरहेको बी बी सी ले जानकारि दिएको छ ।
पछिल्लो दुई दिनमा भएको गोलीबारीमा ६० जनाको मृत्यु भएको हो । प्रदर्शनकारीमाथि सैनिक बल प्रयोग भएपछि अन्तर्राष्ट्रिय समुदायले सैनिक नेतृत्वको सरकारको आलोचना गरेको थियो ।
बेलायत, जर्मनी, युरोपियन युनियन र संयुक्त राष्ट्रसंघले सुडानको सैन्य सरकारले प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै आलोचना गरेका थिए। प्रदर्शनकारीले सैनिक हेडक्वाटर अगाडि प्रदर्शन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया