इटहरी  /  मिस नेवाः को फाइनलका लागि १६ जना यूवतीहरू छनौट भएका छन् ।

विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । विराटनगरसहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरानलगायतका यूवतीहरू छनौट भएका छन् । ।नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए ।
साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र यसअघिकी विजेता सुधा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनीहरूले नेवारी संस्कृति, महिलाको अवस्थालगायतका विभिन्न विषयमा प्रश्न राखेका थिए । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको ताम्राकारले बताए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका यूवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजनाको लागी सहकार्य गरीएको कलिउडकि चर्चित कलाकार मोडल तथा फेसन डीजाइनर क्षितिजा शाक्यले बताइन । यस्ता खालका कायक्रमहरु काठमाण्डौँ क्षेत्रमा केन्द्रित गरी गरीने भएपनि हाल प्रदेश न. १ मा पनि यसको महत्व देखेर आफुले सहयोग गर्ने उनले बताइन ।
विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो । प्रतियोगितामा युवतीहरूको सहभागिताले निकै उत्साहित भएको जतिन ताम्राकारले बताए । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । यही जेठ अन्तिम साता विराटनगरस्थित वीरेन्द्र सहभागृहमा भव्य समारोहका बीच प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा कलिउडकि चर्चित कलाकार मोडल तथा फेसन डीजाइनर क्षितिजा शाक्य लगाएतका राष्ट्रिय कलाकारहरु समेत सहभागिता रहने प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

तपाईको प्रतिक्रिया