इटहरी /सेवाग्राहीसँग घुस लिएको भन्दै सब ओभरसियर राम खड्कालाई इटहरीका मेयर द्वारिकलाल चौधरीले नगरपालिकाबाट निकालेका छन्

सेवाग्रहीको घर सम्पन्न गर्दा घुस लिएको गुनासो  आएपछि मेयरले अबदेखि नगरपालिका नआउनू भन्दै गलहत्याउँदै निकालेप्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

मेयर चौधरीले नगरपालिकामा घुस्याहालाई प्रवेश छैन भन्दै गेटसम्म घोक्र्याउँदै निकालेका थिए । मेयर चौधरीले खड्कालाई जागिरबाट हटाएको जनाएका छन् । सब ओभरसियर खड्काले घुस लिएको प्रमाणित भएकाले कार्यालयबाट निकालेको मेयर चौधरीले जानकारी दिएकाछन ।

तपाईको प्रतिक्रिया