इटहरी / बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुर घर भएका  ३२ वर्षीय प्रहरी जवान अवधेशकुमार यादवको मृत्यु भएको छ ।
रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा बर्दियामा एक जना प्रहरी जवानको मृत्यु भएको छ । यादवले चलाएको भे ८ प ७८९ नम्वरको मोटरसाइकल गुलरिया निमकोठियामा रोकिराखेको टयाक्टरको ट्रलीमा मंगलबार राति ११ बजे ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होममा उपचारका लागि लगिएको थियो । तर, मध्यरात सवा १२ बजे उपचारको क्रममा उनको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भएको छ ।
काठमाडौंको रानीपोखरीमा दरवन्दी भै महानगरीय प्रहरी बिट कालिमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको बिहेका लागि छुट्टिमा घर आएका थिए ।

तपाईको प्रतिक्रिया