सुन्दरहरैचा / मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं ४ मा चिल्ड्रेन मन्टेश्वरी स्कुलद्वारा मोरंगमै पहिलो पटक अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ।असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने बिषयमा सो कार्यक्रमको मुख्य उद्धेश्य रहेको थियो।कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने जेष्ठ अभिभावक बोधराज गुरागाईको सभापतित्व रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्यसैगरी विशिष्ट अतिथि सुन्दरहरैचा नगरकार्यपालिकाका सदस्य हर्क राज परियारले मोरंग मै पहिलो पटक यस्ता कार्यक्रम आयोजना गरेकोले निकै खुशी व्यक्त गरेका थिए भने यस्तो अभिभावक शिक्षा जस्ता बिभिन्न जनचेतनामुलक कार्यक्रमलाई सधै प्रोत्साहन गर्ने बताएका थिए। सो कार्यक्रममा बालबालिकालाई घरमा कसरी शिक्षा दिने , घरमा अविभावकको राम्रो व्यवहार छ भने बालबालिकाको पनि व्यवहार राम्रो हुने , शिक्षक र विद्यार्थीहरु बिच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने विषयमा मन्टेश्वरी ट्रेनर तथा बाल मनोविज्ञान विद टोम गौतमले ट्रेनिंग दिएका थिए भने सोहि स्कुलका शिक्षक सन्तोस कुमार राईले प्रोजेक्टरको माध्यमबाट यस कार्यक्रमको विषयमा प्रस्तुत गरेका थिए।सो कार्यक्रममा इन्दिरा ढकाल , दुर्गा प्रसाद सिगदेल ,कृष्ण प्रसाद नेउपाने, तारा खड्का लगायत अविभावकहरुले यस्तो कार्यक्रमले बालबालिकाको शिक्षामा साँचै नै सुधार आउने बताएका थिए। यस चिल्ड्रेन मन्टेश्वरी स्कुलमा १० जना विद्यार्थी बराबर १ शिक्षकद्वारा अध्ययन अध्यापन गराईने , बालबालिकाका लागि वर्षेनै स्वास्थ्य शिविरको व्यवस्था गराईने , शिक्षक शिक्षिकालाई सम्मान कार्यक्रम , समाज सेवी व्यक्तिलाई सम्मान , सामाजिक कार्यमा सहभागिता जनाउने , बालबालिकालाई पुरस्कार वितरण गर्ने साथै अविभावक दिवस मनाउने गरेको छ भने सो विद्यालयमा जम्मा २८ जना शिक्षकहरुद्वारा ४५० जना विद्यार्थीलाई कक्षा ७ सम्म मन्टेश्वरी विधिबाट पढ़ाई हुने र भविष्यमा १२ कक्षा सम्म संचालन गर्ने योजना रहेको सोहि स्कुलका प्रमुख मोहन ढकालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया