इटहरी । बैशाख पूर्णिमा देखि एक महिना सम्म मनाइने किरात किरात समुदायको महान पर्व उभौली यस वर्ष पनि पुर्वी नेपालमा बसोवास गर्ने किरात समुदायले साकेला सिली गाउदै धुमधामका मनाउन थालिएको छ ।

प्रकृति पुजक किरात समुदायले वालीनाली राम्रो होस तथा पारिवारीक सुख शान्तिको कामना गर्दै बैशाख पुर्णिमा देखि एक महिना उभौली मनाउने गरेका छन ।

अन्न बाली लगाउने समयमा मनाइने उभौलीमा अन्नवाली राम्रो होस भन्ने कामना साथ उभौली मनाउइने गरिएको किरात समुदायका अगुवा ज्ञान किरातीले वताए । बैशाख पुर्णिमा देखि मनाइने भएको कारण गर्मी समयमा बढी हुने र गर्मी छल्न मानिस तथा अन्य जिव जन्तुहरु समेत उभो अर्थात पहाडि,हिमाली क्षेत्र तर्फ बसाई सरी जाने उभौलीसंग जोडिएको मिथक समेत रहेको छ । उभौलीको अवसर पारेर सुनसरीको इटहरीमा पनि किरात राई यायोख्खा इटहरी समिति वाड ५ र ७ ले संयुक्त रुपमा आयोजना उभौली विशेष कार्यक्रममा किरात समुदायका वालवालिका देखि जेष्ठनागरिकहरु समेत साकेला सिलीमा रमाइ रहेका देखिए । किरात समुदायले मंशिर पुर्णिमा देखि एक महिना मनाउने मनाउने उद्यौली पनि अर्काे महान पर्व हो । उद्यौलीमा बाली थन्काएर खुशियालीका साथ मनाउने गरिन्छ । उद्यौलीको समयमा जाडो बढ्दै जाने भएको कारण मानिस तथा चराचरहरु समेत उद्यो झर्ने मान्यता रहेको छ ।

तपाईको प्रतिक्रिया