इटहरी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदबाट पास हुन नदिने बताएका छन् ।.विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग बोल्दैै सभापति देउवाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनैपनि हालतमा संसद बाट पास हुन नदिने बताएका छन् । मानव अधिकार आयोग र प्रेस स्वतन्त्रता लाई कमजोर बनाउने सरकारको योजनालाई नेपाली कांग्रेसले पुरा गर्न नदिने उन बताए । पत्रकारले मनमा जे लागो त्यहि लेखे आफैं समाजमा कमजोर बन्दै जाने हुँदा संविधान विपरित गएर प्रेसलाई अंकुश लगाउन नहुने देउवाको भनाई थियो । सरकारले संविधान विपरित प्रेसमाथि हस्तक्षेप गर्ने गरि कानुन निर्माण गरेर गलत गरेको उनले बताए । प्रेसमाथि सरकारले अनावश्यक हस्तक्षेपकारी भुमिका खेलिरहेको बताउदै उनले सरकारको प्रेस माथिको हस्तक्षेप नेपाली कांग्रेसलाई मान्य नहुने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया