इटहरीः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउन चाडपर्वहरुले उर्जा प्रदान गर्ने बताउनु भएको छ । बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली पर्व – २०७६ को अवसरमा आज एक शूभकामना सन्देश जारी गर्दै  यस प्रकारका मौलिक साँस्कृतिक चाड पर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायकाबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गर्ने बताउनु भयो ।

मुख्यमन्त्री राईले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।  यस पर्वले नेपालका सवै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न सवैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया