भोटराज राई
उदयपुर । जनतासंग मेयर कार्यक्रममार्फत जनप्रतिनिधिहरु विभिन्न सेवा लिएर गाउँघर पुग्न थालेपछि उदयपुरको त्रियुगा नगरबासीमा खुसी छाएको छ । त्रियुगा नगरपालिकाका जनप्रतिनीधिहरु स्वास्थ्य शिबिर, विद्युत, सञ्चार, बैंङ्किङ लगायतका सेवाहरु लिएर गाउँघर पुग्न थालेपछि नगरबासी खुसी भएका हुन् ।
संघीय शासन अन्तर्गत स्थानीय सरकारको सेवा, सुविधा गाउँघरमै जनताले अनुभूती गर्न सकोस् र आप्mना गुनासा र समस्याहरु राख्न सकोस् भन्ने हेतुले थालिएको कार्यक्रममा जनताले मेयरसंग प्रत्यक्षरुपमा समस्या र गुनासा राख्ने अवसर पाएका छन् ।
.नगरबासीले विशेषगरी स्वास्थ्य शिविरबाट निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि पाएका छन् भने गाउँमै बैंक खाता खोल्ने र निःशुल्क नेपाल टेलिकमको सिमकार्ड पाउने, सोलार पाउने लगायतका अवसर पाएका छन् । गत … गते १ नं. वडाबाट क्रमशः २, ३ वडा हुँदै शनिबार (हिजो) १६ नं. वडामा भएको थियो । (स्वास्थ्य शिविरबाट ७ हजार बढिले सेवा पाए भने सयौंले बैंकखाता खोल्नुका साथै एनटिसीको सिमकार्ड निशुल्क प्राप्त गरेका छन् ।)
पालिकाको १६ वटै वडालाई लक्षित गरी थालिएको कार्यक्रममा जनताले प्रत्यक्षरुपमा गुनासा र समस्या राखेपछि जनताको आवश्यकता, समस्या र त्यसको समाधानको उपाय खोज्न पालिकालाई सजिलो भएको त्रियुगा नगरपालिका मेयर, बलदेव चौधरीले बताए ।
हरेक वडाबासीले स्थानीय सरकारका प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधिहरुसंग प्रत्यक्ष भेटका साथै सेवा लिने अवसर पाएपछि पिछडिएका र दुर्गम क्षेत्रका जनतामा पनि विकासको आशा र भरोसा जागेको छ । यसबाट जनप्रतिनीधिलाई जनताको साथ र सहयोगमा कमी नहुने वातावरण सिर्जना भएका वडाध्यक्षहरु बताउछनर ।
कार्यक्रम मार्फत सबै वडाको भ्रमण अवलोकन, स्थानीय जनताको गुनासा, आवश्यकता र समस्याबारे जानकारी प्राप्तीले आगामी बजेट तथा नीति तथा कार्यक्रम प्रभावकारी बनाउन टेवा पूग्ने भएको छ ।

तपाईको प्रतिक्रिया