भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय रामचन्द्र दुवाल २ महिनादेखि घरपरिवारसँग सम्पर्कविहीन भएका छन् ।

कालो खैरो रंगको सर्ट तथा कालै पाइन्ट र निलो चपल लगाएर घरबाट निस्केका ५ फिट २ इन्च अग्ला रामचन्द्र फागुन १२ गतेबाट परिवारसँग सम्पर्कविहीन भएका हुन् ।

रामचन्दको त्तोपत्तो नभएपछि परिवारले ‘हराएको’ भन्दै खोजीको लागि प्रहरी समक्ष आग्रह गरेका छन् । प्रहरीले रामचन्द्रलाई देख्ने, भेट्ने नजिकको प्रहरी कार्यालयमा बुझाउन तथा ९८४३०३८८८२२ मा खबर गर्न आव्हान गरेको छ ।

तपाईको प्रतिक्रिया