उद्योग वाणिज्य संघ इटहरीको चुनाव आउन अझै करिव २ महिना जति बाँकी छ । चुनाव आउन यतिका समय बाँकी रहेपनि इटहरीमा बैशाखे गर्मी सँग–सँगै उद्योग वाणिज्य संघको चुनावी गर्मी पनि सुरु भएको छ । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आ–आफ्ना लबीका उम्मेदवारहरुको चर्चा–परिचर्चा हुन थालेको छ । उम्मेदवारका आकांक्षीहरुले भित्रभित्रै जोड–घटाउ र लविङ सुरु गरेका छन् । 
उद्योग वाणिज्य संघ इटहरीको चुनावकै सन्दर्भमा अध्यक्षको उम्मेदवारका एक प्रत्याशी, हालका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष शैलेस विष्टसँग हामीले कुराकानी गरेका छौं 

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया