इटहरी । इटहरी उपमहानगरपालिकाको संयोजनमा दोस्रो मेयर कप तेक्वाण्दो प्रतियोगिता सुरु भएको छ ।

प्रदेस नम्वर १का स्थानीय तहका १८ टिमको सहभागितामा इटहरी रंगशालामा शुरु प्रतियोगिता सुरु भएको हो ।

तीन दिन सम्म चल्ने प्रतियोगिताको प्रदेस नम्वर १का कानुन मस्यौदा समितिका संयोजक रेवती रमण भण्डारीले उद्घाटन गरे । प्रतियोगिताको फाइट तर्फ पुरुष ३० केजी देखि ५८ केजी समुह सम्म ९ वटा स्वर्ण र महिला तर्फ ३७ केजी देखि ४९ केजी सम्म ५ वटा स्वर्ण पदकका लागि भिड्न्त हुने छ भने पुम्से तर्फ महिला एक पुरुष एक स्वर्णका लागि प्रतिस्पर्धा हुने इटहरी तेक्वान्दोका प्रमुख फडिन्द्र खड्काले जानकारी दिए । उनले प्रतियोगिता अन्र्तगत १६स्वर्ण ,१६ रजत र ३२ काष्य पदकका लागि दुई सय ७८ खेलाडिहरुले प्रतिस्पर्धा गर्ने समेत वताए । इश्वरविक्रम शाहको संयोजकत्वमा सुरु भएको प्रतियोगिताको उद्घाटन सत्रमा तेक्वान्दो संघका प्रदेस नम्वर १ उपाध्यक्ष शिवराज दहाल लगायतले बोलेका थिए । प्रतियोगिता शनिवार सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया