इटहरी,इटहरी उपमहानगरको चालु चौथो नगर सभामा पुरक वजेट प्रस्तुत गरिएको छ । उपमेयर लक्ष्मी गौतमले संसोधित पुरक अनुमान वजेट,नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । योजनाहरु संसोधन भएको,आर्थिक ऐनमा आमूल परिवर्तन गरिएको कर राजश्व घटाइने र आन्तरिक आय कम हुने भएकाले पुरक वजेट ल्याउनु परेको उपमेयर गौतमले वताउनुभयो । उहाँका अनुसार भूमीकर र व्यवसाय कर घटाइने भएको छ । उद्योगी ब्यवसायी,राजनीतिक दल,नागरिक समाज लगायतको आग्रहमा केहि शिर्षकमा कर घटाउनुका साथै करको ढाँचामा फेरवदल गरि अझ वैज्ञानिक र ब्यवस्थित वनाउन लागिएको छ । आजको वैठकमा चार वटा विधेयक पारित गरिएको छ । सभामा सभाध्यक्ष द्धारिकलाल चौधरीले प्रस्तुत गर्नुभएको मालपोत सम्वन्धि व्यवस्था गर्न वनेको भूमी कर (मालपोत) विेधयक २०७५,सम्पति कर विधेयक २०७५,ब्यवसाय कर विधेयक २०७५ दफावार छलफल गरि पारित गरिएको छ । यसैगरि आजको वैठकमा उपमेयर लक्ष्मी गौतमले विनियोजन ऐन २०७५ लाई संसोधन र एकिकरण गर्नलाई वनेको विधेयक,आर्थिक (पुरक समेत )विधेयक,भवन ऐन पहिलो संसोधन विधेयक र अपांगता भएका ब्यक्तिको परिचयपत्र वितरण विधेयक २०७५ प्रस्तुत गर्नुभएको छ । नगरसभाको अर्को वैठक भोली वुधवार वस्ने छ ।

तपाईको प्रतिक्रिया