पथरी/ नयाँ वर्षको स्वागत गर्दै नेपाली भाषी भुटानी युवाहरुको आयोजनामा पथरीमा पूर्वाअञ्चल स्तरिय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । आगामी वैशाख १ गते आयोजना हुन लागेको सो प्रतियोगितामा सामुहिक र एकल दुई विधामा सम्पन्न हुने वताइएको छ । प्रतियोगिताका दुवै विधाका विजेतालाई ट्रफि,नगद र सम्मान पत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । सामुहिक तर्पm प्रथम हुने समुहले १५ हजार १५ रुपैँया , दोश्रो हुने समुहले नगद १० हजार रुपैँया प्राप्त गर्ने छ । एकल तर्पm भने प्रथम पुरस्कार १० हजार रुपैँया र दोश्रो पुरस्कार ५ हजार रुपैँया नगद निर्धारण गरिएको प्रतियोगिता संयोजक करण राईले वताए ।

प्रतियोगितामा निर्णायक कोरियोग्राफर गोविन्द राई , छमछमि रनर अप मनिता राई लगायत रहने आयोजकले जानकारी दियो । प्रतियोगिता पथरी शनिश्चरे १० मा रहेको भूटानी शरणार्थी सिविरको विद्यालयमा संचालन हुने भएको छ । नेपाली भाषा, संस्कृति संरक्षण र सम्बद्र्धधनका निमित्त प्रतियोगिता आयोजना गरिएको संयोजक राईले बताए। प्रतियोगितामा भाग लिन दुवै विधाका लागी क्लव वा कुनै संघसंस्थाको सिफारीस अनिवार्य रहेको आयोजकले बताएको छ । अनुमानित २ लाख रुपैँया खर्च हुने कार्यक्रममा तेश्रो मुलुक पूर्नवास भएका नेपाली भाषी लगाायत स्थानियको पनि सहयोग रहेको आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया