इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ बस्ने सरोज बुढाथोकीलाई बैङकिङ कसुर अन्र्तगत चेक बाउन्सको आरोपमा बिहीवार पक्राउ गरेको छ ।सरोज बुढाथोकीद्वारा पिडीत घनश्याम पोखरेल र रामकुमारी थरुनीले इलाका प्रहरी कार्यालय मंगलबार उजुरी दर्ता गरेपछि उनलाई पक्राउ गरिएको हो । उजुरीकर्ता पोखरेलले आफ्नो ३ लाख बुढाथोकीले ठगेको आरोप लगाएका छन् । उता रामकुमारी थरुनीको भने १७ लाख ठगेको बताइएको छ । बुढाथोकीले अरुको कृषि फर्म देखाउदै रकम उठाउने गरेको पीडितहरुले बताएका छन् । बुढाथोकीले सप्तकोसी सप्लायर्स नामको फर्म दर्ता गरेको पीडितहरु बताउछन् । त्यही फर्मको नामबाट उनले म्याद गुज्रेका खाद्य वस्तु (विस्कुट, चाउ, चाउ) लगायतका सामग्री ल्याएर बेच्ने गरेको खुलेको छ । उनले कृषि फर्म सप्लायर्स देखाउदै पैसा उठाएका थिए । पछि पैसा दिनेहरुले फिर्ता माग्न थालेपछि उनले इटहरीका बिभिन्न बैंकका चेकहरु दिने गरेका थिए । चेक पाएपछि बैंकमा पैसा साट्न जाँदा पैसा नभएको पीडित घनश्याम पोखरेलले बताए । उनले भने–‘पटक–पटक बैंकमा पैसा लिन जाँदा नपाएपछि बाध्य भएर उजुरी दिएँ ।’ बुढाथोकीले उनलाई गत साउन १६ गते ३ लाखको चेक दिएका थिए । सो चेक हालसम्म नसाटिएपछि घनश्याम पोखरेलले आफू ठगिएको बताए । उनलाई सेन्चुरी बैंकको चेक दिइएको थियो ।इलाका प्रहरी कार्यालयका इनिष्पेक्टर बुद्धिराम चौलागाईंले पक्राउ परेका बुढाथोकीको कर्तुतको विषयमा अनुसन्धान जारी रहेको बताए । चौलागाईका अनुसार यस प्रकृति मुद्दा उच्च अदालत विराटनगरले हेर्छ ।
तपाईको प्रतिक्रिया




सम्बन्धित समाचार
पुर्वाञ्चल विश्वविधालयको नवौ दिक्षान्त समारोह सम्पन्न
सुन्दरहरैचा, पुर्वाञ्चल विश्वविधालयको नवौ दिक्षान्त समारोह सम्पन्न भएको छ । सुन्दरहरैचाको गोठगाउमा भएको उक्त दिक्षान्त स...
आमा बचत द्धरा दुई जना जेष्ठ सदस्यहरुलाई सम्मान
इटहरी । सुनसरीको तरहरामा रहेको महिलाहरुद्धारा सञ्चालित आमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापनाको अवसर पारेर ...
श्रमिक महिला साझा मञ्चको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न
इटहरी । व्यवसायीक बाल यौन शोषणमा परेका वा पर्न सक्ने सम्भावना भएका बालिकाहरुको लागि संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको...
नेरेसो सुनसरी द्धारा विपद सुचना प्रणालि तालिम सम्पन्न
सुनसरी । नेपाल रेडक्रस सोसाईटी सुनसरीको आयोजनामा विपद सुचना प्रणालि तालिम सुनसरीको धरानमा सम्पन्न भएको छ । नेपाल रेडक्रस...
कृष्णदासलाई तेस्रो पटक तीन दिनको म्याद थप
इटहरी, जवरजस्ती करणीको आरोप लागेको सिद्धबाबा भनिने कृष्णदास गिरीलाई शुक्रबार तेस्रो पटक तिन दिनको म्याद थप गरेको छ । प्...
सीएसआइटी अध्ययनरत विद्यार्थीहरुको देशव्यापी आन्दोलन – यस्ता छन मागहरु
कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआइटी) विषय अध्ययनरत विद्यार्थीहरुको देशव्यापी आन्दोलन अन्तरगत इटहरीका विद्यार्थ...