इटहरी । विना इजाजत बैंकिङ तथा वित्तिय कारोबार उद्योग मुद्धाबाट छिन्ताङ्ग इन्भेस्टमेन्ट प्रा लिका सञ्चालक डिल्ली प्रसाद आचार्यले सफाई पाएका छन् । आचार्य माथी वादीले लगाएको दावी प्रमाणीत नभएको भन्दै उच्च अदालत विराटनगरले सफाई दिएको हो ।
विना इजाजत बैंकिङ तथा वित्तिय कारोबार गर्न खोजेको भन्दै प्रहरीले गत बर्ष बैशाख १ गते जिल्ला अदालत सुनसरीमा मुद्धा दायर गरेको थियो ।
यस अघि पनि जिल्ला अदालत सुनसरीले २०७५ असार ११ गते मुद्धाका विषयमा फैसला सुनाउँदै वादीको दावी पुग्न नसकेको ठहर गरेको थियो । जिल्ला अदालतका माननिय न्यायधिस श्री बिनोदकुमार गौतमको इजलासले निजहरुलाई निर्दोष रहेको फैसला सुनाएको थियो ।
सोही मुद्धाका विषयमा उच्च अदालत विराटनगरले पनि जिल्ला अदालतकै निर्णयलाई सदर गरिदिएको हो । २०७५ साल फागुन २९ गते उच्च अदालतका माननिय न्यायधिसद्धय श्री प्रेमराज कार्की र श्री राम प्रसाद अधिकारीको संयुक्त्त इजलासले जिल्ला अदालतकै निर्णयलाई मान्य ठहर गर्दै निर्दोष रहेको फैसला सुनाएको हो । उच्च अदालतको निर्णयसँगै अभियोग लगाईएको छिन्ताङ्ग इन्भेस्टमेन्ट प्रा लि इटहरीका अन्य दुई सञ्चालक प्रकाश आचार्य र होम बहादुर कार्कीले पनि सफाई पाएका छन् ।
मुद्धाबाट सफाई पाएपछि सञ्चालक डिल्ली प्रसाद आचार्यले खुसी लागेको बताएका छन् । आफुले गर्दै नगरेको काम गरेको भन्दै अभियोग लगाईएको थियो उनले भने अन्तत मैले न्याय पाएँ । आफु निर्दोष हुँदा हुँदै पनि प्रहरीले अनुसन्धान गर्यो त्यो अलग विषय थियो तर त्यसको निर्णय नै नभई दोषी झै गरी अर्नगल प्रचार गरिएको भन्दै आचार्यले गुनासो गरे । सञ्चार माध्यमले पनि प्रमाणीत नभई दोषी भैmँ गरी प्रकाशन तथा प्रशारण गर्दा निर्दोषलाई अझ बढि पिडा हुने गरेको उनले सुनाए ।
झण्डै एक बर्ष अघि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विना इजाजत बैंकिङ तथा वित्तिय कारोबार गरेको भन्दै इन्भेष्टमेन्ट प्रा.लि, सहकारी तथा सुन पसलहरुमा छापा मारेर व्यक्ति नियन्त्रणमा लिएको थियो । इन्भेष्टमेन्ट कम्पनी र सुनको कारोबार गर्ने ज्वलरी पसलले पासबुक नै राखेर पैसाको कारोबार गर्दै आएका थिए । विशेष सुराकीका आधारमा प्रहरीले ठुलो संख्यामा व्यक्ति नियन्त्रणमा लिएको थियो । जहाँ दोषीसँग केही निर्दोषहरु पनि परेका थिए ।प्रहरीको मुख्य तारो बनेको सुनपसल तथा ज्वलरी हाउसले केही समय कारोबार बन्द गरेको भए पनि अहिले पुनः त्यस्तो गतिविधि गर्दै आएको पाईएको छ ।

तपाईको प्रतिक्रिया