इटहरी । मोरंगको बिराटनगरमा हुने पाचौं साफ महिला फुटवलमा सहभागी नेपाली राष्ट्रिय महिला टोलीले प्रसिक्षणलाई तिब्रता दिएको छ । इटहरीको रंगसालामा महिला फुटवल टोलीले   दिएको हो । भारतमा हालै सम्पन्न हिरो उमन्स गोल्डकपको फाईनलमा भारतलाई हराएर इतिहास कायम गरेको नेपाली महिना राष्ट्रिय टोलीले फागुन २८ गतेबाट सुरु हुने सफ महिना फुटवलको लागी आत्मवल उच्च राख्दै पसिक्षणमा ब्यस्त रहेको छ । हिरो गोल्डकपमा भएको कमिकमजोरीलाई सुधार्दै साफ महिला फुटवल पतियोगितामा प्रस्तुत हुने तयारी गरिरहेको प्रसिक्षक हरि खण्डकाले बताए । फिफा बरियतामा मियनमार भन्दा तल रहको राष्ट्रिय महिला टोलीले मियनमार संग हारेपनि आफ्नो गल्ति सुधार्ने मौका रहेको भन्दै धरेलु मैदान र दर्शकको साथ पाउने अपेक्षा रहेको र तयारीको अन्तिम चरणमा रहेको खेलाडी बताउछन् ।
साफ राष्ट्रका ६ वटा देश भुटान, बंगलादेश, श्रीलंका लगायतले सहभागीता जनाउदै छन् । खेलको तयारीको लागी इटहरीमा रहेको राष्ट्रिय टिम भोली देखि बिराटनगर जाने भएको छ ।

तपाईको प्रतिक्रिया