इटहरी । निसान मोटर्सद्धार उत्पादित गाडीहरुको सुनसरीको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रालिले निसानको नयाँ किक्स गाडी बजारमा ल्याएको छ ।
इटहरीमा एक कार्यक्रमको आयोजना गरि ओम साई मोटो कर्प इटहरीले सार्वजनिक गरेको किक्सको इटहरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेशकुमार विष्टले एक कार्यक्रम लन्चिगं गरेका हुन ।
नेपाली उपभोक्ताहरुका लागि उपयुक्त रहेको ओम साई मोटो कर्पका निर्देशक कैलाशवावु गेलालले जानकारी दिए । उनले ८ इनचको टचस्किन जसलाई एन्डेइड तथा एप्पल प्रणालीद्धारा सञ्चालन गर्न सकिने, एलइडी प्रोजेक्टर ,अटोमेटिक क्लाइमेट कन्टेल ,कुल र इलुमिनेटेड बक्स गाडि स्टाट गर्न साँचो नचाहिने स्मार्ट कार्ड रहेको समेत वताए । उनले विश्वस्तरीय नयाँ सवारी सधान नेपाली उपभोक्तासंग ल्याइएको समेत दावी गरे । नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर ,ब्रोजन ग्रे ,फायर रेड , एमबर अरेन्ज ,जीप ब्लु पर्ल र नाइट सेट गरी सात प्रकारका कलरमा पाइने समेत जनाइयो । नयाँ निसान किक्सको नेपाली बजारमा इन्टी लेभलको ४७लाख ९९ हजार र टप लेभलको ५९लाख ९९हजार मुल्य पर्ने छ ।

तपाईको प्रतिक्रिया