फागुन ५,पथरी ।नेपाल आईडलका फाईनलिष्ट प्रताप दासले पथरी वासीलाई छमछमी नचाए । दासले ‘मलाई माफ गरिदेउ‘’बोलको सेन्टिमेन्टल गीतबाट स्टेजमा उक्लिएका दासले । दर्शकलाई सेन्टिमेन्टल गितमा झुमाउदै आफ्नो प्रस्तुतिको रफतार वढाएका थिए ।

उनले अनुराग फिल्मको ‘सोरमा सोर‘’, ‘अलिकति जोस‘’, ‘पल पल‘’, ‘हेर्दा राम्रो‘’, ‘मोटरसाइकलमा‘’, गुराँस फुल्यो..’ र ‘तालको पानी‘’गीत गाउदा दर्शक छमछमी नाचेका थिए ।

शनिवारको साझलाई सजाउन अर्का हास्य विधाका गायक थिए, श्रीकृष्ण लुइटेल । ‘बुटेलमा‘’, ‘बाँके बर्दिया‘’, ‘मुखमा हान्नु जस्तो‘’, ‘साली कमला‘’, ‘ए बा किन्देउन भटभटे‘’, ‘डल्लेको बहिनीले‘’ जस्ता गित गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसै गरि साँझलाई रमाईलो वनाउनका लागि स्थानिय गायक समिर विक र रोजी डान्स सेन्टर(उर्लाबारी)को नृत्यले दर्शकहरुको ध्यान खिचेका थिए ।

शनिवार शीन भिलेज पार्टी प्यालेसमा रेडियो रिदम ९९.७ मेघाहर्ज ले सो कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा मुख्य प्रायोजक सिजि नेपाल आइस, प्रायोजकहरु पूर्वेली होटल एण्ड पार्टी प्यालेस, कृषा ईन्भेष्टमेन्ट प्रालि पथरी, अन्नपूर्ण वोर्डिङ स्कुल, काविल कन्ट्रक्सनस प्रालि पथरीशनिश्चरे १० रहेको कार्यक्रम संयोजक मनु खड्काले वताइन् ।

कार्यक्रममा २ सय देखि १ हजार रुपैयासम्मको टिकटको व्यस्थापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया