इलाम/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य ओमप्रकाश पुनले क्रान्ति होइन दिगो शान्ति चाहेको बताएका छन् । संगठनको पूर्वी अभियानसँगै २४ औं जनयुद्ध दिवस मनाउन इलाम आपुगेका पुनले विहान सञ्चारकर्मीसँगको भेटघाटमा मुलूक असफल हुँदै गएको समयमा शान्ति लागि आफ्नो पार्टी बैज्ञानिक समाजवाद निर्माणमा लागेको जानकारी गराए ।

उनले मुलूकको अहिलेको समस्या प्रणालीको समस्या हो, कुनैपनि दल विशेषको कारणले होइन, सरकारको दलालीकरणले यस्तो अवस्था सृजना भएको हो । उनले भने ‘सरकारकै कारणले नागरिक राष्ट्रबादी र सरकार दलाल भएका छन ।’

पोलिट व्यूरो सदस्य पुनले, मुलूकलाई बैज्ञानिक समाजवादले मात्र समृद्ध बनाउने बताउँदै, यसका लागि नागरिका सेवा, विकास र सुरक्षा लगायतको आवश्यकता राज्यले पुरा गर्नुपर्नेमा जोड दिए ।

‘जुनसुकै सरकार आएपनि बेरोजगार, भ्रष्टचार, आतंक, आर्थिक समस्या संस्थागत हुदै गएकोले नागरिकलाई निरास बताउँदै लगेको छ ।’, उनले भने ‘वर्तमान सरकार नागरिकको समस्यामा गम्भिर नभई फाँसीवादमा अगाडि बढिरहेकोले यसको बिरोध गर्दै दिगो शान्तिका लागि संगठन एकिकृत जनयुद्ध लागेको बताए ।

सदस्य पुनले शान्तिपूर्ण राजनीतिमा लागेका पार्टीलाई सरकारले दमन गरेर मुढभेड हुने अवस्थामा पु¥याएको बताउँदै, पार्टीका नेता कार्यकर्ताको धरपकड गरेर युद्धको शुरूवात राज्यले चाहेको शंका ब्यक्त गरे ।

पार्टीले इलाम बजार आज दिउँसो ठूलो टुँडिखेल देखि ¥याली निकालेर चोक बजारमा जनसभा गर्ने जिल्ला संयोजक सौरव श्रेष्ठ ले जानकारी गराए ।

तपाईको प्रतिक्रिया