उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना र उदयपुरगढी साप्ताहिकको व्यवस्थापनमा पाँचदिने आधारभूत पत्रकारिता तालिम … देखि सुरु भएको छ ।
पालिकाकी उपप्रमुख सानकुकमारी राउतले उद्घाटन गर्नुभएको तालिममा पालिकाका आठ वटै वडाका दुईदुईजना गरी १६ जनाको सहभागिता छ । समृद्ध स्थानीय सरकार, एक वडा एक पत्रकार भन्ने नाराका साथ आयोजित तालिम विकास पत्रकारितामा आधारित रहेको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए । गाउँगाउँका कुराहरुलाई आम सञ्चार माध्यमसम्म पुर्याउन सकियोस् भन्ने उद्देश्यले आयोजित तालिमले पत्रकारिताको आधारभूत ज्ञान र सीप दिनेछ ।
उपप्रमुख राउतले पालिकामा पहिलो पटक तालिम आयोजना भएको र यसले पालिकाबासीको सूचनाको हक र सुशासनमा टेवा पुग्ने आशा व्यक्त गरे । मन्तब्य राख्दै वक्ताहरुले समाजमा पत्रकारिताको सकारात्मक भन्दा नकारात्मक चर्चा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै व्यवसायिक र मर्यादित पत्रकारितामा जोड दिनुपर्ने बताए ।
तालिममा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, पत्रकार भोटराज राई लगायत सहजकर्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया