इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीका वडा नम्बर ३मा रहेको भेटघाट चौकमा करिब एक करोड पचाँस लाखको लगानीमा अत्याधुनिक आएको छ । पछिल्लो समय ग्राहकको सुबिधालाई ध्यानमा राखेर डिपार्टमेन्ट स्टोरको सञ्चालनमा बृद्धि हुन थालेको छ । इटहरी व्यवसायीक केन्द्रको रुपमा परिचित बन्दैगर्दा ग्राहकहरुलाई सबै सामग्री एकै ठाँउमा उपलब्ध हुने गरी बिभिन्न खाद्यन्न सामग्रीहरु डिपार्टमेन्टमा राखिएको सञ्चालक रबि पुलामी मगरले बताए ।
ग्राहकले पछिल्लो समय सबै खाद्यन्नको् सामग्रीहरु एकै ठाउँमा पाईने भएको कारण डिपार्टमेन्ट स्टोरतर्फ आर्कषण बढदै गएको पाईन्छ । स्थानियहरुलाई बजार सम्मको दुरी टाढा हुने भएको कारण यो डिपार्टमेन्ट बाट सबै स्थानियले सुबिधा लिन सक्ने अर्का सञ्चालक शेरबहादुर लुंगेलले बताए ।
डिपार्टमेन्ट स्टोरका साथै फास्टफुड, वाईन सप लगायतको पनि योजना रहेको सञ्चालक मगरले बताएका छन् । डिपार्टमेन्टको उद्घाटन ८५ बर्षीय जेष्ठ नगरिक झनमाया पुलामीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया