इटहरी । स्थानीय प्रशासनको लापरवाहीका कारण मोरगंको सुन्दरहरैचा ९मा सोमवार टिपरहरुमा आगजनी भएको पुर्वाञ्चल टिपर व्यवसायी संघले आरोप लगाएको छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै पुर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले सुरक्षाकर्मीहरुको अगाडि नै आफना टिपरहरुमा आगजनी गरिएकाले राज्यले क्षति पुर्ति दिनु पर्ने माग गरे । उनले ना ३ ख ३३५५ नम्वरको टिपरले स्थानीय ११ वर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्करले उनको मृत्यु भएपछि आक्रोशीतहरुले सो टिपरमा आगजनी गरेको जानकारी पाएसंगै आफुले मोरगंका प्रमुख जिल्ला अधिकारलाई एउटा टिपरमा आगजानी भइ सकेको र स्थानीय आक्रोसीत रहेको जानकारी दिदा दिदै घटना भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा टिपरहरु सञ्चालनमा लगानु अघि राज्यले क्षर्तिपुर्ती दिएर टिपर जिम्मा लिनु पर्ने समेत टिपर व्यवासायीहरुले माग राज्यसंग आफुहरुको रहेको वताए । आगजनी गर्नेहरुलाई कारवाही गर्नु पर्ने ,क्षति भएका टिपरको क्षतिपुर्ति राज्यले नदिए सम्म चरणवद्ध आन्दोलन गर्ने सो अवसरमा जानकारी दिइयो । सोमवार टिपरको ठक्करवाट लक्ष्मी ढकालको मृत्यु भएपछि आक्रोशीतहरुले विगतमा भएका सम्झौताहरु पालना नगरि लापरवाही पुर्ण रुपमा टिपर चलाइको भन्दै सात वटा टिपर पुर्ण रुपमा क्षति हुने गरी आगजनी गरेका थिए ।

तपाईको प्रतिक्रिया