काठमाडौं । मुलुक संघीय संरचनाअनुरुप सञ्चालन भइरहेकोले ‘मिडिया नेपाल’ले पनि आफ्नो संगठनलाई संघीय स्वरुपमा बदल्ने निर्णय गरेको छ । गोपाल पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न मिडिया नेपालको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

करिव तीन वर्षअघि स्थापना भएको सञ्चारकर्मीको संस्था ‘मिडिया नेपाल’ले देशभर आफ्नो जिल्ला कार्यसमिति विस्तार गरेपनि आफूलाई संघीय ढाँचामा परिवर्तित गरेको थिएन ।

यसैगरी आगामि माघ ४ गते राष्ट्रवादी पत्रकारहरुको सहभागितामा काठमाडौंमा वृहत अन्तरक्रिया कार्यक्रम समेत मिडिया नेपालले आयोजना गर्ने निर्णय गरेको छ । यसैबीच गठन हुन बाँकी रहेका केही जिल्लामा आगामि फागुन मसान्तभित्र जिल्ला कार्यसमिति गठन गरिसक्ने मिडिया नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया