इटहरी । सरकारले स्पष्ट निती वनाउन नसक्दा उत्पादक र उपभोक्ताहरु बिचौलियाका कारण मारमा परेको नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले आरोप लगाएका छन ।
सुनसरीको इनरुवामा नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले सरकारको स्पष्ट निती नभएको कारण किसान र उपभोक्ताहरु बिचौलियाका कारण मार परिरहेको आरोप लगाएका हुन । उनले उत्पादक र उपभोक्ताहरुविच प्रत्यक्ष सम्पर्क हुन नदिएर बिचौलियाहरुले दुवै पक्षलाई मारमा पार्ने काम गरिरहेको भन्दै बिचौलिया प्रवृति हटाउन सरकार गम्भीर वन्नु पर्ने वताए । बिचौलियाकै कारण नेपाली कृषि उपजहरुको बजार प्रभावित पार्ने गरी कुखुरा तथा अन्य कृषिजन्य सामाग्रीहरु खुलमखुल्ला भित्री रहेपनि नियन्त्रण गर्ने काम नभएको भन्दै पौडेलले गुनासो समेत गरे । सोही कार्यक्रममा बोल्दै नेपाल कुखुरा पालक किसान संघ गोरखाका अध्यक्ष परशुराम वस्नेतले विचौलियाहरु पोस्ने काम सरकारी पक्षबाटै भएको आरोप लगाए । उनले कृषिमा अनुदान भनेर कार्यकर्ता पाल्ने काम मात्र भएको वास्तवीक किसानले अनुदान नपाएको समेत गुनासो गरे ।

तपाईको प्रतिक्रिया