इटहरी, अशोक लेल्याण्डको नेपालका लागी आधिकारिक विक्रेता आ.एम.ई मोटर्सले दोस्त प्लस  सार्वजनिक गरेको छ ।आइएमइ मोटर्सले इटहरीमा एक कार्यक्रमका विच अशोक लेलैण्डको दोस्त प्लस सार्वजानीक गरेको हो । आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डको डोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । इटहरीमा एक कार्यक्रम गरेर व्यससायी र उपभोक्ताको विच डोस्त प्लस सार्वजानिक गरेको हो । कार्यक्रममा दोस्त प्लस गाडीको बारेमा जानकारी दिनुका साथै बिक्री पनी सुरु गरेको छ । दोस्त प्लस गाडीका पोडक्ट इन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्प्रधि नेपालमा कुनै कम्पनिको गाडी नभएको र प्रोडक्ट आफैमा उत्कृष्ठ भएकाले राम्रो बजार लिने दाबी गर्दै कम्पनिले ग्राहकलाई दुई वर्ष ६ महिना सम्म समयावधि अनुसारको सर्भि्सिङमा निशुल्क सेवा दिने जानकारी दिए ।सोही कार्यक्रममा सहारा अटो मोवाइल्सका सेल्स एण्ड मार्केटीङ्ग प्रमुख अनिल पौडेलले स्पेयर पार्टपनी सस्तो शुलभ र सहज रुपमा पाइने भएकोले अशोक लेल्याण्डका उत्पादनहरु ग्राहकहरुले रुचाएको बताए । अशोक लेल्यान्ड भारतीय गाडी उत्पादक कम्पनी हो । भारतको चेन्नाईमा मुख्यालय रहेको अशोक लेल्यान्ड सन् १९४८ मा स्थापित भएको थियो । अशोक लेल्यान्डले स्पेयर पुर्जा र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा ट्रक÷टिपर, बस, लाइट कमर्सियल गाडीका साथै डिफेन्स प्रयोजनका स्पेशल गाडी उपलब्ध गराउदै आएको छ ।

तपाईको प्रतिक्रिया