मदन अधिकारी / प्रकाशपुर एन आई सी एशिया बैंकको नयाँ शाखा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० प्रकाशपुरमा विस्तार गरिएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर श्री निलम खनालले नयाँ शाखाको उद्घाटन गरेका थिए । उक्त उद्घाटन कार्यक्रममा एन आइसिका क्षेत्रिय प्रमुख लक्ष्मण चालिसे , कोशि टप्पु वन्यजन्तु आरक्षका प्रमुख रामदेव चौधरी , प्राकृतिक सम्रक्षण कोष अधिकृत बिरेन्द्र गौतम , शत्रु भन्जन गुल्माका प्रतिनिधि , बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ र १० का वडा अध्यक्षहरु , विभिन्न सङ्घ संस्थाका प्रतिनिधि आधिको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमा स्वागत मन्तव्य राख्दै एन आइसिका क्षेत्रिय प्रमुख चालिसे यश बैकको आगामि रणनिति प्रस्तुत गर्नु भएको थियो।
यता नगर प्रमुख खनालले बराहक्षेत्र नगरपालिकामा कमर्सियल बैक आउनु हाम्रो लागि शुखद भएको धारणा राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको नेपाल भरी २७० ओटा शाखा कार्यालयहरु संचालनमा रहेका छन् भने सुनसरीमा १० ओटा शाखा सन्चालनमा आएका छन् ।

तपाईको प्रतिक्रिया