इटहरी । मोरङसुनसरी सेवा समाज नेपालले संस्थाको सातौं वार्षिकोत्सवको अवसर पारेर औपचारिक कार्यक्रमसहित खुल्ला रक्तदानबाट गरिएको छ । सो रक्तदान कार्यक्रममा ४६ जना पुरुष र १३ जना महिलाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान, जीवनदान महादान’लाई आत्मसाथ गर्दै इटहरीको रेयुकाई चौतारी इटहरी चोकमा बिहीबार मोरङसुनसरी सेवा समाज नेपालको आयोजना तथा गुडविल फाइनन्स लिमिटेड इटहरी शाखाको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको प्राविधिक सहयोगमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष बिमल पौडेल रहेका थिए । क्युटरीयन सोसाइटी अध्यक्ष हिरा आचार्य, एकजुट युवा क्लबका अध्यक्ष सुमन कटुवाल, मिडियाकर्मी तारा पोखरेललगायत संस्थाका पूर्व अध्यक्ष, प्रवास शाखा कतारका सल्लाहकार तथा पूर्व उपाध्यक्ष चिरञ्जीवि तिम्सिनाको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई संस्थाका पूर्व अध्यक्ष गोकुल बहादुर थापाले स्वागतसहित संस्थाका विषयमा कुरा राखेका थिए । “मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना”भन्ने मूलमन्त्रका साथ स्थापित संस्थाको सातौं वार्षिकोत्सव समारोहका प्रमुख अतिथि पौडेलले पहिलो रक्तदाता इटहरी–५ का रोशन अधिकारीलाई रगत संकलन हुने ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो । लगभग झण्डै सयबढीको स्वास्थ्य परिक्षण गर्दा न्युन व्यक्तिहरुमात्र रक्तदानको लागि उपयोगी बनेका थिए । अत्याधिक महिला तथा पुरुषहरुमा प्रेसरको समस्यालाई रक्तदान दिन अयोग्य देखिएका थिए । यद्यपि कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामनाथ भण्डारीले भोलि हाम्रो र हाम्रो समाजको जीवन रक्षाका लागि गरिएको यो पुन्य कार्यक्रममा उपस्थित भई रक्तदान गर्नुहुने, कार्यक्रमलाई साथ र सहयोग प्रदान गर्नुहुने सबैलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया