दुबर्इ । वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका सोलुखुम्बवासीहरूले हालै प्रथम भेला सम्पन्न गरेका छन । भेलाले तरहराका कृपाध्वाेज गिरीकाे अध्यक्षतामा ११ जनाकाे कार्यसमिति चयन गरेकाे छ । उक्त समितिकाे उपाध्यक्षमा क्रमश सम्भु खुलाल , तारा रार्इ चयन भएका छन भने सचिव तिर्थ राज खनाल, सह सचिव जस कुमार तामाङ, कोषाध्यक्ष अस्मि राई ,सह कोषाध्यक्ष चामु सिङ राइ , सदस्य खेम बहादुर बस्नेत, लाक्पा तामाङ ,रमेश तामाङ र डम्बर बहादुर खुलाल रहेका छन । यूएईमा प्रायः सबै जिल्लाका समाजहरु रहेको र आफ्नो जिल्लाको समाज नभएको र अाफ्नाे दुख बाडन थप सहजता मिलाेस भन्ने उद्येश्यले साेलुखुम्बुबासीहरू एक जुट हुनुपरेकाे बताइएकाे छ । यूएईमा प्रायः सबै नेपालीले आफ्नै समाज निर्माण गर्दै आफ्नैपन पाएको र सोलुखुम्बुबासीहरुले आफ्नोपन पाउन आफन्त भेटघाट गर्ने स्थान नभएको र समिति निर्माण पछि युएइकाे बिभिन्न क्षेत्रमा रहेका साेलुखुम्बुवासीहरूलार्इ एक जुट बनाउन अाफु लागि पर्ने नवनिर्वाचित अध्यक्ष कृपाध्वज गिरीले बताउनुभयाे । उहाले समाजकाे नवनिर्वाचित भइसकेपछि समुदायकाे हितकालागि काम गर्ने बताउनुभयाे । अध्यक्ष गिरीले यूएईमा रहेका अन्य समाज नेपाली राजदूतावाससँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयाे । गिरिले यूएईमा रहेका संघसंस्थाको बीचमा आफ्नो संस्थालाई नमुना संस्थाको रुपमा स्थापित गर्ने र ६ महिनाभित्र विधान, लोगोलगायतका सम्पूर्ण काम पूरा गर्दै प्रथम अधिवेशन पनि सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गर्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया