विराटनगर । नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नं. १ कार्यसमितिमा लोकतान्त्रिक समुह बिजयी भएको छ । कार्यसमितिको विर्तामोड, इटहरि र विराटनगरमा सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा यशवन्त विक्रम साह विजयी भएका हुन् । उनले ३ सय ३९ मत ल्याएका थिए । उनका प्रतिद्धन्दी ढकेन्द्र बमले २ सय ५६ मत ल्याएका थिए ।प्रगतिशिल समुहका तर्फबाट सह सचिबमा एकजना मात्र बिजयी भएका छन् ।

यसैगरि उपाध्यक्षमा लोचनराज न्यौपाने, सचिवमा विकास भटराई, प्रगतिशिल समुहका तर्फबाट सह सचिबमा हसरत अलि नेपाल, कोषाध्यक्षमा जयनाथ यादव र सदस्यहरुः अरुण यादव, ज्ञानेन्द्र सिंह, नितिन भगत, उमेश्वर मेहता, सुमन थापा, बासु ढकाल, रमेश माझी, प्रेम सागर बजगाई, विष्णु दाहाल ,देवलाल यादब विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया