मोरङ, मंसिर १७ गते । मोरङको ग्रामथान गाउँपालिका(६ ज्ञानी चौकमा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।राती ११ बजेको समयमा मोरङ्ग सुनसरी सिँचाई आयोजनाको नहरको बाटोमा पूर्वबाट(पश्चिम तर्फ आउँदै गरेको को३३प ५६४० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पुलबाट नहरमा खसि घाइते भएका चालक तत्काल पहिचान नखुलेका अन्दाजी २६ वर्षको पुरुष र सोही मोटरसाइकलमा पछाडी सवार इटहरी उप(महानगरपालिका(११ बस्ने वर्ष २५ को नरेश चौधरी घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते दुबैलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मोटरसाईकल चालकको सोही अस्पतालमा मृत्यु भएको हो भने चौधरीको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया