केराबारी , मोरङको केराबारी स्थित डागिमा तेश्रो फडिन्द्र स्मृति जिल्ला स्तरीय नाकआउट फुटबल प्रतियोगिता हुने भएँको छ । अनेरास्ववियु सार्वजनिक माध्यमिक विधालय कमिटीको आयोजनामा हुने उक्त फुटबल प्रतियोगिता भने पौष ०१ गते देखी शुरु हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकोे छ । प्रतियोगितामा मोरङ जिल्ला भरीका विभिन्न स्थानिय तहका १४ वटा माध्यमिक तहका विधालयहरुले भाग लिने आयोजकले पत्रकार सम्मेलनमा बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु सार्वजनिक माध्यमिक विधालय कमिटीका अध्यक्ष अनुप खतिवडाले फुटबल खेल उद्घाटन तथा समापन अघि भव्य सास्कृतिक कार्यक्रमहरु समेत गरीने बताएको छ । खतिवडाले पत्रकार सम्मेलनमा खेल समापन हुदा सम्म करीब ५,००,००० ( पाच लाख ) सम्मको अनुमानित खर्च हुने सार्वजनिक गरेका छन । उनले प्रतियोगितामा प्रथम हुने विधालयले नगद रु. ४०,००० ( चालिस हजार ) द्रीतिय हुने विधालयले नगद रु. २०,००० ( बीस हजार ) सहित ट्रफी , मेडल , तथा प्रमाणपत्र प्रदान गरीने बताएका छन । फडिन्द्र तिम्सिनाको सम्झनामा विगत तिन वर्ष देखी अनेरास्ववियु सार्वजनिक माध्यमिक विधालय कमिटी फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया