चन्दन रौनियार सुनसरी मंसिर १२/सुनसरीको दुहवी स्थित श्री सरस्वती मा.वि. को खेल मैदानमा वुधवार भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि दुहवी वडा नम्वर १० ले पाएको छ । फाइनल खेलमा वडा नम्वर १० ले दुहवी वडा नम्वर ७ लाइ ८–० गोल अन्तरले उपाधि चुम्न सफल भएको हो । खेलको मध्यान्तर अघि दुहवी वडा नम्वर १० का खेलाडीहरु जर्सी नम्वर क्रमस १०, ११, २० का खेलाडीहरु क्रमस कुन्दन कुमार चौधरी २ गोल, समित कुमार चौधरी ३ गोल र कवीन्द्र नारायण चौधरीले ३ गोल गरेका थिए । विजेता टिम दुहवी १० लाइ खेलका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगद ५१ हजार कप तथा मेडल प्रमाणपत्र प्रदान गर्नु भएको थियो । यसैगरि उपविजेता टिम दुहवी वडा नम्वर ७ लाइ खेलका बिशिष्ठ अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य दिपक राईले नगद २५ हजार तथा कप, मेडल प्रमाणपत्र प्रदान गर्नु भएको थियो । खेलको उत्कृष्ट खेलाडी दुहवी वडा नम्वर १० का जर्सी नम्वर १० कुन्दन कुमार चौधरी लाइ नगद एक हजार सहित मेडल प्रदान गरिएको थियो । प्रथम मेयर कप फुटबल प्रतियोगिताभरको विभिन्न विधाका उत्कृष्ट खेलाडीहरु लगायतलाइ समेत पुरस्कृत गरिएको थियो । प्रतियोगिताभरको उत्कृष्ट गोल रक्षकमा दुहवी वडा नम्वर १० का गोल रक्षक राम कुमार चौधरीलाइ नगद ३ हजार सहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट डिफेन्समा दुहवी वडा नम्वर ७ का जर्सी नम्वर ५ सुरज माझीलाइ नगद ३ हजार सहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट फरर्वाडमा दुहवी वडा नम्वर १० का जर्सी नम्वर २० कविन्द्र नारायण चोधरीलाइ नगद ३ हजार सहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट मिड फिल्डरमा दुहवी वडा नम्वर १० का जर्सी नम्वर २३ अजित कुमार्र चौधरीलाइ नगद ३ हजार सहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट मिड फिल्डरमा दुहवी वडा नम्वर १० का जर्सी नम्वर २३ अजित कुमार्र चौधरीलाइ नगद ३ हजार सहित ट्रफि प्रदान गरिएको थियो । उदयमान खेलाडीमा ग्रिस चौधरी नगद ४ हजार सहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट हाइ स्कोररमा दुहवी वडा नम्वर २ का जर्सी नम्वर ६ श्रवण कुमार गच्छदार र दुहवी वडा नम्वर १० का खेलाडी जर्सी नम्वर ११ का समित कुमार चौधरीलाइ नगद ४ हजार सहित ट्रफि प्रदान गरिएको थियो । प्रतियोगिताभरको उत्कृष्ट खेलाडीमा दुहवी वडा नम्वर १० का खेलाडी जर्सी नम्वर १२ प्रल्हाद कुमार माझीलाइ नगद ५ हजार सहित ट्रफि प्रदान गरिएको थियो । यसैगरि उत्कृष्ट जर्सीमा दुहवी वडा नम्वर ५ का वडाध्यक्ष रमेश कुमार रौनीयारलाइ नगद ५ हजार सहित ट्रफि प्रदान गरिएको थियो । फियर प्ले ट्रफिमा दुहवी वडा नम्वर ३ का वडाध्यक्ष माधव भण्डारीलाइ नगद ५ हजार सहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट कोचमा दुहवी वडा नम्वर १० का शिव प्रकास चौधरीलाइ नगद ३ हजार सहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट टिम मेनेजरमा दुहवी वडा नम्वर १० का देवचरण वहरदारलाइ नगद ३ हजार सहित ट्रफि प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया