विराटनगर/ १० बर्ष पछी पुःन संञ्चालनमा आएको विराटनगर जुटमिल्सका दुई पदाधिकारीको बिचलोले मिल आर्थीक संकटमा परेको छ । एउटै मिल्सका अध्यक्ष वसन्त वन र सेयर सदस्यहरु मुकुन्द नेपाल बिचको जुगाँको लडाईले मिल आर्थिक संकटमा गुर्जीएको हो ।
सरकारले वनलाई अध्यक्षमा नियुक्त गरेको ६ महिना पछी मुकुन्द नेपाल र फुलकुमार लावानी लगायतकाहरुले बहुमत सदस्यहरुको संख्या पुर¥याएर मुकुन्द नेपाललाई अध्यक्ष बनाएका थिए । नेपाल अध्यक्ष भएपछी सरकारले अध्यक्ष नियुक्त गरेका वन र नेपाल बिच बिबाद शुरुभएको हो । तर नेपाललाई कम्पनी रजिस्टारको कार्यलयले नेपाल समहुको कार्यसमीतीलाई अधिकारीकता दिएन ।
मुकुन्द नेपालले वन विरुद्ध उच्च अदालत विराटनगरमा मुद्धा दायर गरे । मिलबाट उत्पादन भईरहेका बस्तुहरु आफ्नो अधिकारीकता विना बिक्री नगरीयोस भन्दै मुद्धा दायर गरेका थिए । तर उच्च अदालत विराटनगरले अर्काे आदेश नहुन्जेल मिलबाट उत्पादन भएका सुतली बिक्री नर्गन र नगराउन आदेश दिएको थियो । त्यहि आदेश अनुरुप जुटमिल्सले उत्पादन गरेको सुतली बिक्री गरेको छैन । सुतली विक्री गर्न नपाउदा तलब समेत खान समस्या भएको कामदारहरुको भनाई छ । उनिहरुले तलब र सुविधा कम हुदा समस्या भएको उनिहरुको भनाई छ ।
मिल्स २०७३ जेठ १५ देखि सुचारुभएको हो । तर मिल सञ्चालक समितिले मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम गरेसगै मिलले नियमितिरुपमा व्यवसायी रुपमा सुतली र बोराको उत्पादन गदै आएको छ । असोज भित्रमा मिलले उत्पादन गरेको २२ टन सुतली नेपाल तथा भारतमा बिक्री गरेको छ । तर पुजीको अभावले कच्चा पदार्थ अभावले आयात गर्न नसकेको मिलका प्रशाकीय अधिकृत ताराप्रसाद तिम्सीनाको भनाई छ ।
मिलमा हाल १ सय ५० ले रोजगारी पाएका छन । पुरानो मिलसँगै रहेका दुईवटा सप्नर, ४ वटा ब्रेकर, २ वटा ड्राइङ, ३ वटा स्प्रिङ्ग, एउटा ट्वीस्टिङ्ग र एउटा चर्खा चलिरहेका छन् ।
अझै ८ वटा ब्रेकर, १० वटा ड्राइङ, १८ वटा स्प्रिङ्ग, ४ वटा ट्वीस्टिङ्ग र २ वटा चर्खालाई चल्न सक्ने बनाउनका लागि मर्मतको काम भईरहेको मजदुरहरुको भनाई छ ।

विराटनगर जुट मिल्स बि.सं. १९९३ असार ३० गते स्थापना भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन । त्यसपछी बन्द भएको थियो । मिलका दुई अध्यक्ष बिचको जुगाँको लडाईले मुलुककै जेठो उद्योग विराटनगर जुटमिल बन्द नहोला भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया