कोशीमा थुप्रिने बालुवा तथा अन्यवस्तुहरुले गर्दा पानीको सतह बढेको समयमा नेपाल तर्फ ठुलो जोखिम हुने गरेको छ । कोशीमा थुप्रिने बालुवा तथा अन्यवस्तुहरुले गर्दा पानीको सतह बढेको समयमा नेपाल तर्फ ठुलो जोखिम बढेको छ ।यतीखेर सप्तकाशीमा पानी१६ हजार ३९५ क्युसेक मात्र रहेको छ । कोशीमा पानी भन्दा धेरै बालुवा देखीन्छ ।

मुलुककै सबै भन्दा ठुलो र विश्वको दोस्रो बालुवा जम्मा गर्ने नदी हो , सप्तकोशी नदी । हरेक वर्ष वर्षायाममा कोशीले माथिल्लो भागबाट बगाएर ल्याएको बालुवा, माटो ,ढुगां आदिले कोशीको विच भागमा टापु बनाउने गरेको छ । निर्माणको समयमा ३० मिटर उचाईमा रहेको कोशी व्यारेज अहिले १० मिटर मात्र उचाईमा सिमित हुन पुगेको छ । कोशीले बगाएर थुपारेका बालुवा आदिबाट बनेका टाहरु हटाउने कार्य नहुदा कोशी कटानको जोखिम हुने गरेको छ । अहिले कोशीमा पानी घटेर १६ हजार ३९५ क्युसेक मात्र रहेको छ । जसको कारण सप्तकोशी नदिको अधिकाशं क्षेत्रमा पानी भन्दा बढी बाुलावाकोे मात्रा देखीन्छ । कोशी सम्झौता अनुसार सन् १९६२मा निर्माण गरिएको कोशी व्यारेज समेत बालुवा लगायतले वनेका टापुहरुका कारण जोखिममा पर्न थालेको छ । कोशी सम्झौता अनुसार कोशी व्यारेज क्षेत्रको मर्मत संभारको जिम्मेवारी पाएको भारतीय पक्ष उदासिन बन्दा कोशीको त्रास नेपालमा हुने गरेको जानकारहरु वताउछन । कोशीमा थुप्रीएका वालुवा पन्साउनु पर्ने जिम्मेवारी भारतीय पक्षले नगर्दा कोशी क्षेत्रका नेपालीहरु सुरक्षित हुन नसकेको कोशी प्रोजेक्टका पुर्व भुआर्जन अधिकृत गोपाल कोइराला बताउछन । नेपाल तर्फ कोशीले त्रास सृर्जना गर्ने मुख्य कारण बालुवा लगायतका वस्तुहरु नहटाइनु नै रहेको कोइराला दावी गर्दछन । कोशीको विच भागमा थुप्रीने वालुवा समयसमयमा हटाउनु पर्नेमा त्यसो नगर्दा वर्षायाममा पानीको सतह बढेसंगै कोशीले तटवन्धलाई धक्का दिने तथा कटान गर्ने गरेको छ । यसरी कोशीमा थुप्रेका बालुवा आदिका कारणले कोशीले बहाव परिवर्तन गरी तटवन्धलाई धक्का दिने गरेको छ । कोशीमा थुप्रिएको बालुवा तथा अन्यवस्तुहरु हटाउने कार्य नगरिदा कोशीमा बालुवा थुप्रिए बस्ती भन्दा कोशी माथि र बस्ती तल परेको पाइएको कोशी क्षेत्रमा सक्रिय युचेप नेपालका अध्यक्ष रविन घिमीरेले वताए । उनले कोशी सम्झौतामा भएको सहमति अनुसार भारतीय पक्षले बालुवाहरु व्यवस्थित रुपमा हटाउनु पर्नेमा त्यसो नगरेको आरोप समेत लगाए ।कोशी क्षेत्रमा थुप्रिने बालुवाहरु हटाउन ठुला उपकरणहरु प्रयोग गर्नु पर्नेमा पानीको सतह वडेपछि मात्र केही ठाउँमा थुप्रिएको बालुवा हटाउन भारतीय पक्षले डे«जर मेशिन प्रयोग गरेको देखिन्छ । कोशीको विच भागमा थुप्रिएको वालुवा भएको क्षेत्रमा झार जगंल सहित ठुलाठुला रुखहरु समेत रहेका छन । कोशीले बहाव परिवर्तन गर्दै २०६५ भाद्र २ पुर्वी तटवन्ध भत्काउदा सुनसरीका तत्कालीन पश्चिमकुशाहा , श्रीपुर , हरिपुर ,लौकही र मधुवन गाविस क्षेत्रमा ठुलो नोक्सानी पुरयाएको थियो भने भारतको विहारमा समेत अझ बढी क्षति पुरयाएको थियो ।

 

 

तपाईको प्रतिक्रिया