सुनसरी/ इटहरी ११ का १६ बर्षिय इन्ताज खानको शव आज फेला परेको छ । उनको शरिरको आधा भाग डढेको अवस्थामा शव फेला परेको हो । ४ दिनदेखि वेपत्ता भएका इन्ताज खानको शव खनारस्थित घर नसिजकैको धान खेतमा अनुहार र शरिर डढेर कालो भएको अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शरिरमा भएको कपडा पूर्णरुपमा जलेको छ । उनको खोजीमा प्रहरी समेत परिचालन गरिएको अवस्थामा ४ दिनपछि शव फेला परेकोे छ । प्रहरीले खानको खोजी गर्ने क्रममा उनका चारजना साथीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपनि आइतबार साझ उनिहरुलाई छोडेको थियो । घटनाका बिषयमा थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डि एस पि शिव श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया