आज नेपालमा नयाँ संविधान घोषणा भएको तिन वर्ष पुरा भएको छ । नेपालभर विभिन्न कार्यक्रम गरी हर्षउल्लास मनाइरहदा इटहरीमा भने कालो झन्डा सहित विरोध पर्दशन गरेका छन । 

नेपालको ईतीहासमा २००४ सालमा तत्कालीन राणा शाशक चन्द्र शम्शेरको पालमा पहिलोपटक लिखित कानुनको दस्ताभेज निमार्ण भएको थियो । त्यसपछी २००७ साल, २०१५ , २०१९ , २०४७ , २०७२ साल , गरी पटक–पटक तत्कालीन शाशक तथा जनता र राजनैतिक नेतृत्वहरुबाट आ–आफ्ना ईच्छा अनुसार जनताको चाहाना भनी संविधान लेखिएको ईतिहास छ । २०७२ सालमा जारीभएको नयाँ संविधानका बिषयमा धेरै टिक्का टिप्पणी हुने गरेका छन । नयाँ संविधान समेत जारी भएको ३ बर्ष पुरा भएको छ । विधानसभाले संविधान जारी गरेको दिन आज मुलुकमा संविधान दिवस मनाइ रहेको समयमा संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च , संघिय लिम्वुवान मञ्चले भने संविधानले सवैलाई समेटन नसकेको भन्दै संशोधनको माग राख्दै प्रदेश १ को इटहरीमा विरोध प्रर्दशन गरेको छ । संविधान जारी भएको दिनलाई कालो दिन भन्दै पहिचानका पक्षमा संविधान संशोधनको माग राख्दै आएको संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च केन्द्रीय सचिवालय सदस्य केदार उपे्रतीले नेपालको संविधान २०७२ ले कुनैपनी नेपालीको हकहितमा काम नगरेको आरोप लगाउदै कालो दिन मनाएको बताए ।
विरोधको क्रममा नेपाल संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङ्गदेनले संविधान फाल्नु पर्ने च्यात्नु पर्ने बताएका छन । यदी संविधान परीवर्तन नगरीए देशमा द्धन्द हुने लिङ्गदेनले बताए ।अध्यक्ष कुमार लिग्देनको नेतृत्वमा इटहरीमा विरोध प्रर्दशन गरिएको हो । विरोध प्रर्दशनमा ठुलो संख्यामा आएका मानिसहरुले कालो झण्डा सहित इटहरीको मुख्य चोक क्षेत्रमा प्रदर्शन गरेका हुन । नेताहरु २०७२ को संविधान कार्यान्वयन योग्य नभएको प्रर्दशनमा सहभागी भएकाहरुले बताएका छन । उनीहरुले पहिचानको आधारमा प्रदेशको नामाकरण हनुपर्ने माग गरेका छन ।

तपाईको प्रतिक्रिया