सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका ३ निवासी  कमल बहादुर कट्वाल पुर्व नेकपा माओवादी केन्द्र का केन्द्रिय सल्लाहकार सदस्य भएका ब्यक्ती हुन । लामो समयदेखि राजनीतिक क्षेत्रमा पनि सक्रिय रहेर सामाजिक क्षेत्रमा पनि उत्तिकै सेवा पुर्याउदै आएका नेता कट्वाल पिस फुल इङलिस स्कुल बराहक्षेत्र ५ का प्रबन्ध निर्देशक पनि हु

न । त्यसै गरि उनी अन्य सामाजिक संघ संस्थामा समेत आबद्ध छन् । नेता कट्वाल गत स्थानीय तहको निर्वाचनमा बराहक्षेत्र नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयर पदको उमेदवार बनेर चुनाव समेत लडेका ब्यक्ति हुन । यिनै नेता संग बराहक्षेत्र नगरपालिकाको बिकास , सम्भावना र पुर्व एमाले र पुर्व माओबादी केन्द्र बिचको पार्टी एकीकरणका बिषयमा सप्तकोशी अनलाइनका लागी अच्युत भटराईले  कमल बहादुर कट्वाल सँग गरिएको कुराकानी

१. स्थानीय तहको निर्वाचन पछिको आफ्नो अवस्थाका बारेमा बताइदिनुस न ?
– स्थानीय तहको निर्वाचनमा पराजय भए पनि म सामाजिक काम बाट एक कदम पछि हटेको छैन । मैले जनतालाइ गर्न सक्ने सहयोग गरिनै रहेको छु । अहिले पछिल्लो चरणमा आएर पार्टी एकीकरणको बिषय चलिरहदा त्यता पटि केही ब्यस्तता बढेको छ ।

२. स्थानीय तहको निर्वाचन पछि नगरका धेरै ठाउँमा भौतिक निर्माणहरु भइरहेको देखिन्छ । के बिकासको ढोका खुलेकै हो त ?
– निर्माणका काम हरु त शुरु भएकै हुन तर जु

न ढंगले अहिलेको संघीय संरचना अनुसारको बन्नु पर्थ्यो त्यो पाइएन ।
यथास्थिति बादि तरिकाले काम भइरहेको पाइन्छ । काम गर्ने शैली पहिले गा बि स हुँदा जस्तै छ । भुगोलहरुको अध्ययन बिनै बजेट बिनियोजन भएको छ । नगरमा प्राबिधिकको कमि छ ? प्राबिधिक फिल्डमै नपुगी स्टामेट र मूल्याकंन हुने गरेको छ ।
३. हाम्रो नगरले गत आर्थिक बर्षमा गरेका काम हरुलाइ कसरी समीक्षा गर्नु हुन्छ ।
– कुन क्षेत्र , बर्ग पछि परेको छ , कहाँ के कति लगानी गर्नु पर्ने हो भन्ने कुराको अध्ययन बिनै गत आर्थिक बर्षको बजेट बिनियोजन भएको देखियो । पर्यटनमा त्यस्तो केही काम भए जस्तो देखिदैन । कृषिमा त झनै बजेट नै फ्रीज भयो भन्ने सुनिन्छ । सामाजिक क्षेत्रमा भएका काम पनि बजेट सक्ने मात्रै भए उपलब्धि भने खास केही देखिएन ।

४. बराहक्षेत्र नगरपालिकामा शिक्षा क्षेत्रको अवस्था कस्तो छ ??
– शिक्षा मा जति हुनु पर्ने हो त्यति भएको छैन । साच्चै भन्ने हो भने शिक्षा क्षेत्रमा सामान्तबादले जरो गाडेको देखिन्छ ।

५. नगरले गौरबको योजनाको रुपमा अघि सारेको लिङ्क रोडको बारेमा तपाईंको धारणा के छ ?
– २ आर्थिक बर्षमा लिङ्क रोडका लागि ४ करोड जति बजेट बिनियोजन भएको देखियो । तर यस बजेट बाट थोरै भए पनि ब्यबस्थित ढंगले दीर्घकालीन काम हुनु पर्ने थियो त्यस्तो भएन । यो सिङ्गो बजेट लाई खण्डिकरण गरेर कार्यकर्ता हरुलाइ पक्षपोषण गराए जस्तो देखिन्छ ।

६.नगरको समृद्धिका लागि नगरले के कस्ता कार्य गर्नु पर्ला ?
– म मेयरमा चुनाव लड्दै गर्दा पनि मैले धेरै कुरा हरु घोषणा पत्रमा लेखेको पनि थिए । युवा स्वरोजगारका कार्यक्रम ल्याउनु पर्यो , कृषि पर्याप्त लगानी हुनु पर्यो । यो धार्मिक र पर्यटनको क्षेत्र हो । यसको राम्रो अध्ययन गरि लगानी गर्ने हो भने करोडौं रकम भित्र्याउन सक्ने आधार छन् ।
जस्तै सुर्य कुण्ड डाडामा होम स्टे , रिसोर्ट संचालन गर्नु पर्यो । भ्यु टावर बनाउनु पर्यो । कोशी पारिको बस्तिलाइ पनि पर्यटकिय स्थान बनाउन सकिन्छ । कोशिटप्पु बन्यजन्तु आरक्षण , अमाह सिमसार , चतरा , बराहक्षेत्र लगायतका यस्ता महत्वपूर्ण स्थानहरु भएको नगर हो बराहक्षेत्र । यिन को सहि सदुपयोग गर्ने हो भने दुई चार सयले रोजगार पनि पाउने थिए । साथै नगर समृद्धि तिर उन्मुख हुने थियो ।

७. ठुलो दलकै रुपमा रहेको नेपाली काङ्ग्रेस नगरमा हाम्रा कुराहरु सुनुवाइ भएनन् एक लौटी ढंगले काम भयो भन्छन् नि तपाईं लाई कस्तो लाग्छ ?
-वहाँहरु हामी प्रतिपक्ष दल भन्नू हुन्छ तर म नेपाली काङ्ग्रेस लाई प्रतिपक्ष भन्दिन किन भने वहाँ हरु पनि सरकारमा हुनुहुन्छ ३ वटा वडा उहाहरुकै छ ,वहाँ हरुले चाहिँ के काम गर्नु हुदैछ कस्ता योजना ल्याउनु भो भन्ने पनि महत्वपूर्ण कुरा रहन्छ ।

**अब पार्टी एकीकरणका बिषयमा कुरा गरौ । ***

८.अहिले दुई ठुला कम्युनिष्ट पार्टीहरु बिच पार्टी एकीकरण भइरहेको छ यसलाई कसरी लिनु भएको छ ।
– पार्टी एकीकरण लाई सहज ढंगले नै लिनु पर्छ । पुर्व एमालेको पनि बिचार सकिएको र पुर्व माओवादी केन्द्रको पनि बिचार सकिएको घडिमा हामी एकीकरण गरेर नयाँ ढंगले अघि बढ्दै छौ । समाजबादी क्रान्ति उन्मुख नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर जाने हाम्रो लक्ष्य हो । तर यहाँ हिजोका २ वटै पार्टीमा रहेर पार्टीको खोल ओढेर आफ्नो जिबिकोपार्जन गर्ने दलालहरु यथास्थिति बादिहरुको क्याम्प मा ठूलो भुकम्प गएको देखिन्छ । किन भने आफ्नो स्थान कहाँ सुरक्षित हुन्छ आफू कसरी पार्टीमा हावी हुने भन्ने गुट उपगुट झुन्डहरु तयार गर्नेको संख्या ठुलै देखिन्छ । यसको उदाहरण हो पार्टी एकता हुनु पुर्व नै म शक्तिशाली हु , म यो , त्यो पदको हु भन्दै हिड्ने मान्छे हरु देखा पर्न थालेका छन । केहि भने एकतालाइ भाड्ने पक्षमा पनि रहेको देखिन्छ ।

९ अनि तपाईं त निकै खरो स्वभावको ब्यक्ती हो गाली गर्न कसैलाई छोड्दैन भन्छन् नि ??
– कम्युनिष्ट हरु खरै हुन्छन् र हुनु पनि पर्छ । जो आफ्न फाइदा लिनका लागि भित्र भित्रै ढाट छलको राजनीति गर्दै दलाल र ठगिको काम गर्छन् । नजानिदो तरिकाले जनता लाई दमन शोषण गर्छन् म ती ब्यक्तिहरुका लागि खरै स्वभावको हो ।

१० एकताको बिषयमा बराहक्षेत्रमा कस्तो छ ??
– यो भनेको पार्टीको माथिल्लो कमिटिको निर्णय अनुसार हुनेछ । सर्कुलर नआइ यसै भन्न सकिन्न । एकता दुबै पार्टीको लागि न्याय पुर्ण सम्मानजनक हुनु पर्छ यदि त्यस्तो भएन भने नेपाल कम्युनिष्ट पार्टी बन्न सक्दैन ।

११. प्रतिशतको कुरा छ नि नगरमा कति प्रतिशत कस्ले पाउने भनेर माथी निर्णय भएको होला नि ?
– होइन त्यस्तो भएको छैन । जिल्लामा अध्यक्षको टुंगो लाग्न बाकी छ । यो टुंगोमा पुगेपछि बैठक बसेर नगरको बिषयमा छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया