इटहरी । सुजुकी फोर व्हिलरसले इटहरीमा सिलेरियो एक्स सानो चार चक्के गाडि बजारमा आएको जनाकारी दिदै सो गाडि सार्वजनिक गरेको छ ।

सुजुकी फोर व्हिलरसको इटहरीको आधिकारीक विक्रेता एक्सुल्युट अटोले सुजुकीको सिलेरियो एक्स सानो चार चक्के गाडि बजारमा आएको जानकारी गराएको हो । सो गाडि सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी पुर्व क्षेत्रीय टा्फिक प्रहरी कार्यालय इटहरीमा प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले गाडिको कभर खोलेर सार्वजनिक गरेका हुन । एक्सुल्युट अटोका प्रवन्ध निर्देशक प्रवेश वस्नेतले सुजुकीले बजारमा ल्याएको नयाँ गाडि नेपाली उपभोक्ताहरुका लागि सजिलो र भौगोलिकता अनुसार माटो सुहाउदै रहेको वताए । उनले सो गाडि प्रति लिएर २४किलो मिटर माइलेज भएको तथा अन्य गाडिको तुलनामा सस्तो भएको भन्दै नेपाली बजार मुल्य २६लाख ९९हजार रहेको समेत जानकारी दिए । त्यसै गरी सेल्स मेनेजर कुशल शर्माले सस्तो मुल्यमा सुविधा सम्पन्न गाडि रहेको जानकारी दिएका थिए । उनले सो गाडिमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिगं सिस्टमको साथमा उपलब्ध रहेको भन्दै माउण्टेड कन्टेल सहितको म्युजिक सिस्टम ,किलेस इन्ट्री, डा्इभरको सिटको उचाइ घटबढ गर्न सकीने लगायतका सुविधाहरु रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया