धरान, ११ फागुनः पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै महिला खेलाडी फागुन २१ र २४ मा काठमाण्डौमा हुने तेस्रो महिला भारोतोलन प्रतियोगता भाग लिन त्यसतर्फ जादैछन् ।

विगतमा भएका प्रतियोगतामा काठमाण्डौ, पोखरा, चितवन, बुटवल लगायतका खेलाडीहरुले प्रतियोगितामा भाग लिने गरे पनि यस पटक भने प्रदेश नं. 1 कै प्रतिनिधित्व गरे धरानकी हेमु राई महिला समूहतर्फ ६० केजी तौल समूहमा हेमु राई र खुल्ला तर्फ धरानकी अञ्जना राईले त्यस प्रतियोगितामा भाग लिदैछन् ।

एनी टाइम्स फिटनेश क्लबमा अध्यास गरिरहेका यी दुई मध्ये अञ्जनाले १ सय २० तौलसम्म सजिलै उचाल्न सक्ने र हेमुले १ सय केसी सजिलै उचाल्न सक्ने प्रशिक्षक पारस भुजेलले बताउनुभयो ।

गत बर्ष भएको प्रतियोगितामा खुल्लातर्फ काठमाण्डौकी सन्ध्या कसीले १ सय २२ केजी तौल उचालेर प्रथम भएकोले आफ्नो जितको सम्भावना नजिक भएको दुई प्रतियो्गीमध्यकी अन्जनाले बताइन् ।

अन्तर्राष्ट्रय महिला दिवसको अवसरमा आयोजना हुने सो प्रतियोगितामा नेपाल अधिराज्यभरिका ४० देखि ५० जना महिलाहरुले विभिन्न तौल समूहमा प्रतिष्पर्धा गर्ने उनीहरुले बताएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र हात पार्ने छन् ।

तपाईको प्रतिक्रिया