इटहरी । सुनसरी सदरमुकाम इनरुवामा आगामी २६ गते देखि प्रथम प्रदेस स्तरिय टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

सुनसरी युथ क्लव इनरुवाको आयोजनामा सञ्चालन हुने सो प्रतियोगितामा प्रदेस नम्वर १का विभिन्न ६ टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा इलाम क्रिकेट क्लव इलाम, झापा क्रिकेट क्लव झापा, मोरगं क्रिकेट क्लव मोरगं , उदयपुर क्रिकेट क्लव उदयपुर ,सुनसरी क्रिकेट क्लव सुनसरी र आयोजक सुनसरी युथ क्लवको सहयभागिता रहेन आयोजक संस्थाका अफजल हुसेनले जानकारी दिए । इनरुवा खेल मैदानमा सञ्चालन हुने खेलमा प्रथम हुने टिमलाई एक लाख पचास हजार नगद सहित शिल्ड प्रमाण पत्र , दोस्रो हुने टिमलाई एक लाख नगद सहित शिल्ड ,प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसै गरी प्रत्येक दिनको खेलमा म्यान अफ दि म्याच हुने खेलाडिलाई नगद दुई हजार सहित मेडल ,म्यान अफ द सिरीज हुने खेलाडिलाई १५ हजार सहित मेडल र उत्कृष्ठ बलर र उत्कृष्ठ व्यास्टम्यानलाई जनही १० हजार र शिल्ड तथा प्रमाण पत्र उपलब्ध गराईन जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया