इटहरी । मोफसलको सर्वाधिक रासीको मदन भण्डारी स्मृति आमन्त्रित अन्तराष्ट्यि गोल्डकपको उपाधि चुम्ने चिरप्रतिद्धन्द्धी थ्रिस्टार क्लव र मनागं मस्यादी दुवै क्लवले दावी गरेका छन ।

चार वर्ष पछिको भेटमा आआफनो क्लवले चिरपरिचित क्लवलाई हराउने दुवै टिममा कोचहरुले दावी गरेका हुन । आयोजक राष्ट्यि जागृति क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थ्रिस्टारका कोच मेघराज केसीले थ्रिस्टारले डेढ वर्षपछि खेलमा फर्किएकाले पनि पुरानो लयमा फर्किएको देखाउन पनि जित निकाल्नु पर्ने अवस्था रहेको वताए । उनले आफुहरुसंग टिम वर्क भएका कारण पनि उपाधी आफनो पक्षमा आउने दावी गरे । त्यसै गरी मनागंका कोच छिरीक लोप्सागंले पनि थ्रिस्टारसंग चार वर्षपछि भेट भएको भेटमा चार अघिको बराबरी नतिजालाई विसाउदै जित निकाल्ने खेल रणनिती सहित खेलाडिहरुलाई मौदानमा उर्ताने वताए । थ्रिस्टारले त्रिभुवन आर्मी क्लवलाई हराउदै फाइनल यात्रा तय गरेको थियो भने मनागंले पाहुना टोली कोलकोत्ताको गरिफा युनाइटेड क्लवलाई हराउदै थ्रिस्टारसंगको भेट पक्का गरेको थियो ।

शनिवार इटहरी रगंशालामा मदन भण्डारी स्मृति आमन्त्रित अन्तराष्ट्यि गोल्डको उपाधिका लागि भिडने भएका छन ।

तपाईको प्रतिक्रिया